नेभिगेशन
अदालत

बर्दिया जिल्ला अदालतबाट लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट, ७६.२५ प्रतिशत फछ्र्यौट

पहिलो पटक १८ महिना नाघेका मुद्दा शुन्यमा झरे

सौरभ गिरी/काठमाडौं   बर्दिया जिल्ला अदालतले आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ। बर्दिया अदालतले वार्षिक कार्ययोजनामा १५३६ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा लक्ष्य भन्दा बढी कुल ७६.२५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो।

कुल लगत २२५३ रहेकोमा १७१८ वटा मुद्दा फछ्र्यौट भएको बर्दिया जिल्ला अदालतकी सूचना अधिकारी अंमृता केसीले जानकारी दिएकी छिन् ।  । जिम्मेवारी सरी आएका ८०३ र नयाँ दर्ता मुद्दा अनुमानित १३९० मुद्दा गरी  २१९३ अनुमानित वार्षिक लगतको ७०.४ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा आर्थिक वर्ष २०८१-०८२ मा १४९०  नयाँ मुद्दा दर्ता हुँदा कुल लगत २२५३ रहेको केसीले बताइन् ।

केसीका अनुसार आर्थिक वर्ष २०७९-८० मा ६३.२७ र २०८०-८१ मा ६२ प्रतिशत मुद्दा फछ्र्यौट हुँदा आर्थिक वर्ष २०८१०८२ मा मुद्दा फछ्र्यौटमा वृद्धि भएको हो।

अदातलको रेकर्ड अनुसार आ.व. २०८१-०८२ मा बर्दियामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए। जसअन्तर्गत ४१३ मुद्दा रहेकामा ३५७ फछ्र्यौट हुँदा ५७ बाँकी रहेको  सूचना अधिकारी केसीले बताइन्। त्यसैगरी लागुऔषधतर्फ १४८ मुद्दा दर्ता हुँदा १३५ फछ्र्यौट भएका छन्  भने जबरजस्ती करणीका ४९ मुद्दामा ३२ वटा फछ्र्यौट भएका हुन् ।

बर्दिया जिल्ला अदालतमा दुई वटा मात्रै इजलासका दुई जना  न्यायाधीशले वार्षिक कार्ययोजनाले तोकेको लक्ष्य बढी मुद्दा फछ्र्यौट गरेका छन् ।  गत भदौदेखि आर्थिक वर्ष २०८१-०८२ को अन्तिम सम्म  बर्दियामा ९३४ वटा मुद्दा फछ्र्यौट गरिसकेका र  गत वर्षको साउनमा सुर्खेतमा १५ थान मुद्दा फछ्र्यौट गर्दै जम्मा ९४९ थान मुद्दा फछ्र्यौट गर्न सफल भएका बर्दियाका जिल्ला न्यायाधीश मनोज श्रेष्ठलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले पुरस्कृत गरेको छ।  त्यसैगरी बर्दियाका अर्का न्यायाधीश डल्लुराम चौधरीले ७६९ मुद्दा फछ्र्यौट गरेका छन् ।

बर्दिया जिल्ला अदालतकी सूचना अधिकारी केसीले दिएको जानकारी अनुसार पहिलो पटक १८ महिना नाघेका मुद्दा शुन्यमा झरेको हो।यसअघि गत वर्ष २ वर्ष नाघेका मुद्दा शुन्यमा झारेको बर्दिया अदालतले आ.व.०८१-०८२ मा १८ महिना नाघेका मुद्दाको संख्या झारेको हो।

आ.व. ०७९-८० मा १८ महिना नाघेका ४२ थान मुद्दा रहदा ५ वटा २ वर्ष नाघेका बाँकी रहेका थिए भने आ.व. ०८०-८१ २ थान १८ महिना नाघेका मुद्दा र २ वर्ष नाघेका मुद्दालाई शुन्यमा झारिएको  बर्दिया जिल्ला अदालतले शुन्यमा झार्न सफल भएको सूचना अधिकारी केसीले जानकारी दिएकी छिन।

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्