नेभिगेशन
सुरक्षा अपडेट

अपडेट: पहिरोले घर पुर्दा बेपत्ता भएका श्रीमान्‌को शव भेटियो, श्रीमती अझै बेपत्ता

काठमाडौं । अपडेट:पर्वतको मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा आज बिहान गएको पहिरोले घर पुर्दा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमान्‌को शव भेटिएको छ।

पर्वत प्रहरीले दिएको जानकारी अनुसार पहिरोले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको हो।

पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी कार्य अझै जारी रहेको प्रहरीले जानकारी दिएको छ। डिमुवा र कुश्माबाट खटिएको प्रहरीलगायत  स्थानीयको टोलीले पहिरो पन्छाएर खोजी गरिरहेको छ। पर्वत प्रहरीले अत्यधिक वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाएको छ।

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान छविलाल विश्वकर्माको घरमाथि कान्लोबारी खसेको थियो। सोही पहिरोमा दम्पती पुरिएका थिए भने उनीहरूकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने हामफालेर ज्यान जोगाउन सफल भएको पर्वत प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्