नेभिगेशन
सुरक्षा अपडेट

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

महेन्द्रनगर । साइकल र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको  जनाको मृत्यु भएको छ।

कञ्चनपुर बेदकोट नगरपालिकामा आइतबार राति भएको दुर्घटनामा सोही नगरपालिका- ९ कृषि चोकका ३५ वर्षीय श्याम दमाईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा एकआपसमा ठोक्किँएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  अनुसार घटनापछि फरार भएका साइकल चालकको खोजतलास भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रखेको जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्