नेभिगेशन
सुरक्षा अपडेट

रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना,१४ जना घाइते

दाङ ।बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमका लागि छुटेको यात्रुबहाक फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

नेपालगन्जबाट सल्यानको राघेचौरहुँदै रुकुम पश्चिमको चौरजहारी तर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्वरको गाडी सल्यानको कुमाख गाउँपालिका– २ बढाइ ज्यूला नजिकै आज  दिउँसो १ बजेतिर दुर्घटनामा परेको थियो।

आँफै अनियन्त्रित भइ गाडी सडकदेखि ४५ मिटर तल खसेको थियो । दुर्घटनाको खबर पाए पछि इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का नेतृत्वको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौंपानेका अनुसार दुर्घटनामा परि सल्यानको कुमाख गाउँपालिका- ६ का २७ बर्षीय चालक पारश अचार्यको अवस्था गम्भीर छ ।

दुर्घटनाका घाइते मध्य एक जना घाइतेलाई रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारी र थप १३ जना घाइतेलाई उपचारका लागि नेपालगन्जर्फ पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्