नेभिगेशन
सुरक्षा अपडेट

भेरी नदिको बाढीमा फसेका चार जनाको सकुशल उद्वार

डोल्पा । डोल्पास्थित ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले  सकुशल उद्वार गरेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार उद्वार गरिकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्द प्रसाद बोहरा, ३५ वर्षीय लाल कुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा रहेका छन् ।

आज बिहान दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउना साथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाईएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्