नेभिगेशन
नेपाल प्रहरी

ब्राउन सुगरसहित ४ जना सुब्बाकुनाबाट सुर्खेत प्रहरीको नियन्त्रणमा

सुर्खेत। सुर्खेतबाट प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई  पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ५ ग्राम ५ सय ४० मिलिग्राम ब्राउन सुगर सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय विक्रान्त वली समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले भेरीबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ह ७०७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

ब्राउन सुगरसहि पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्