नेभिगेशन
अदालत

१ लाख १० हजार धरौटी बुझाएर फेरि छुटे चक्रे मिलन

भक्तपुर । गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।चक्रे मिलनलाई भक्तपुर जिल्ला अदालतले आज ज्यान मार्ने उद्योग मुद्दामा १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

वि.सं. २०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप रहेको थियो। सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको थियो । 

त्यसबेला सर्लाहीको हरिवन नगरपालिका- ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए । चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो । हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो ।

साउन १५ मा जन्मदिन मनाउँदा महाराजगञ्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे काठमाडौँ जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका थिए ।उनलाई काठमाडौँ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । लगत्तै उनलाई त्यहाँबाट पक्राउ गरेर भक्तपुर लगिएको थियो।आज चक्रे मिलन धरौटी बुझाएर छुटेका हुन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्