नेभिगेशन
अपराध

शङ्कास्पद अवस्थामा फेला परेको सुटकेसभित्र भेटियो महिलाको शव

रौतहट ।  शङ्कास्पद अवस्थामा फेला परेको सुटकेसभित्र महिलाको शव फेला परेको छ। रौतहटको गौर नगरपालिका-९ मुडवलवा गेट नजिकै सडक किनारमा गए राति १० बजे  फेला सुटकेस भित्र महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

गए राति फेला परेको उक्त सुटकेसलाई प्रहरी र स्थानीय जनप्रतिधीसहिको उपस्थितिमा आज बिहान  सुटकेस खोल्दा रौतहटकै माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव भेटिएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती महिलाको हत्या गरेर सुटकेसमा  राखेर फालेको हुन सक्ने अनुमान रहेको छ। ती महिलाको शवलाई सुटकेसमा कोचेर राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सबै प्रक्रिया पूरा गरेर महिलाको शवलाई पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएर घटनास्थल नजिकको विद्यालयको गेटमा रहेको सीसीटीभी जाँच सुरु गरिएको रौतहट प्रहरीले जनाएको छ।

प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ भने महिलाको पोष्टमार्टम रिपोर्ट सीसीटीभी फुटेज कुरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्