नेभिगेशन
सुरक्षा अपडेट

त्रिशूलीमा पौडी खेल्न गएका बालक बेपत्ता,अर्का बालकको सकुशल उद्धार

काठमाडौं । त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित   त्रिशूली नदीमा पौडी खेल्न गएका उनीसँगै अर्का बालकलाई भने सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६, मंगलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन्। उनका साथी भरतपुर–१५, फूलबारीका १३ वर्षीय कुशल ढकाललाई भने स्थानीय सोमबहादुर बोटेले सकुशल उद्धार गरेका थिए।

प्रहरी नायब उपरीक्षक अशोक थापाले बेपत्ता भएका बालकको खोजीका लागि प्रहरी चौकी जुगेडी र सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको बताए। यद्यपि, हालसम्म बालक फेला परेका छैनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्