नेभिगेशन
सुरक्षा अपडेट

गोरखा जाँदै गरेको रात्रिबस दुर्घटना, २१ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । गोरखा जाँदै गरेको यात्रुबाहक रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको रात्रिबस आज बिहान ५ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार उक्त बस गोरखाको भीमसेनथापा गाउँपालिका-३ तान्द्राङमा दुर्घटना भएको हो । बसमा २२ यात्रु सवार मध्ये २१ घाइते र ३ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

घटनास्थलमा नजिकैजो प्रहरी टोली पुगिसकेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी रहेको जनाइएको  छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्