नेभिगेशन
अदालत

सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुँदैछ । 

८ करोड ५५ लाख  रुपैयाँ बिगो र ३ वर्ष कैदसजाय माग दाबी गर्दी हिजो सरकारी वकिल कार्यालयले काठमाडौँले जिल्ला अदालतमा महराविरुद्ध अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।  

वि.सं. १० पुस २०७९ मा चिनियाँ नागरिक ली हासोङ्गले भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ । 

सीआईबीले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्