नेभिगेशन
सुरक्षा अपडेट

बसको ठक्करबाट स्कुटर सवार दुई युवकको मृत्यु

काठमाडौं । बसको ठक्करबाट गम्भीर घाइते भएका दुई जना युवकको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बसको ठक्करबाट गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका-७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ९७०८ नम्बरको बसले  विपरीत दिशाबाट जाँदै गरेको ग२६प ९२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पुनरामको सोही दिन मृत्यु भएको थियो ।

अर्का घाइते मनोजको उपचारका क्रममा मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्