नेभिगेशन
सुरक्षा अपडेट

बोलेरो जिपको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । तिब्र गतिमा गुडेको जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

लमजुङको क्व्होलासोथार गाउँपालिका- ३ घलेगाउँबाट बेँसीसहर जाँदै  गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपको ठक्करबाट आज बागलुङपानीकी कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले लमजुङले जानकारी दिएको छ ।

लमजुङ प्रहरीले दिएको जानकारी अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएकी नेरिमालाई उपचारका लागि बेंसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पताल बेँसीसहरमा ल्याएको र उपचारका क्रममा आज दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने जिप र बेँसीसहर-९ का २९ वर्षीय चालक मदन दुलाललाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको लमजुङ प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्