नेभिगेशन
सशस्त्र प्रहरी

बर्दियाका सशस्त्र प्रहरी एसपी स्वयं सीमानाकामा गएर यस्तो गरेपछि....!

बर्दिया । बर्दियास्थित सशस्त्र प्रहरी बल बर्दिया नं. ३१ गणले पछिल्लो समय अवैध तस्करी नियन्त्रण, सीमा अपराध रोकथाम र सीमा सुरक्षामा झनै कडा कदम चालेको छ। सशस्त्र प्रहरी बर्दिया प्रमुख एसपी मानबहादुर शाही स्वयं फिल्डमा खटिदै सीमानाका लगायतका स्थानहरूको नियमित अनुगमन र नियन्त्रणमा सक्रिय रहँदा अवैध तस्करी नियन्त्रणमा थप प्रभावकारी बनेको हो।

एसपी शाहीको कडा निर्देशनमा सशस्त्र प्रहरी बर्दियाका सबै युनिटहरू समन्वयका साथ परिचालन हुँदै अवैध तस्करी, लागुऔषध नियन्त्रण, सीमा अपराध नियन्त्रणदेखि अन्य अवैध क्रियाकलाप रोकथाममा विशेष ध्यान दिइएको छ। सीमा क्षेत्रमा रातदिन लगातार परिचालन हुँदै आएको सशस्त्र प्रहरीको निगरानी कडा बनाइएको छ। यस अभियानअन्तर्गत जिल्लाका विभिन्न नाकामा गरिएको निगरानीका साथै कडाइमा लाखौँ रुपैयाँ मूल्यका अवैध सामानहरू बरामद गरिदै आएको छ।

सशस्त्र प्रहरीले जिल्लामा हुन सक्ने अवैध तस्करी, सीमा अपराध र अन्य गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई चाँडो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने लक्ष्यका साथै मुख्य प्राथमिकतामा स्थानीय सुरक्षा सुनिश्चित गर्नु, सीमा सुरक्षा सुदृढ गर्नु र समुदायलाई सुरक्षित बनाउनु रहेको जनाएको छ।

सशस्त्र प्रहरीको कडा मेहनत स्वरूप पछिल्ला महिनामा सीमा क्षेत्रका विभिन्न नाकामा अवैध वस्तु तस्करी र अपराधमा उल्लेखनीय कमी आएको सुरक्षा स्रोतहरूले जानकारी दिएका छन्।

स्थानीयबासीहरुले पनि सशस्त्र प्रहरी बलको सक्रियताप्रति सराहना गर्दै समुदायमा सुरक्षा महसुस भएको बताएका छन्। “खुला सीमाका कारण केही अवैध क्रियाकलाप खुलेआम हुने गरेको भएपनि, तर अब सशस्त्र प्रहरी पछिल्लो समयमा रातदिन सक्रिय भएपछि स्थिति निकै सुधारिएको ,” स्थानीयबासीहरु बताउँछन् ।

सशस्त्र प्रहरी बर्दिया नं. ३१ गणले आगामी दिनहरूमा पनि सीमा निगरानी, अनुगमन र जनसहभागितामा जोड दिंदै अवैध तस्करी तथा अपराध नियन्त्रणमा निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्