नेभिगेशन
अदालत

दाङ जिल्ला अदालतले गर्‍यो राप्ती गाउँपालिकाका अध्यक्षसहित ८ जनालाई दोषी ठहर

दाङ । दाङस्थित राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टसहित ८ जनालाई जथाभावी रुख काटेर  लाखौं रुपैयाँ हिनामिना गरेको अभियोगमा दाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले अध्यक्ष बिष्ट, वडा नं. १ का वडाध्यक्ष गेमे खड्का, वडा नं. ५ का वडाध्यक्ष देवप्रसाद चौधरीसहित ८ जनालाई जनही १५ दिन कैद सजाय सुनाएको हो। त्यस्तै अदालतले वडा नं. ४ का वडाध्यक्षलाई एक महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउन आदेश दिएको छ।

अदालतले तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर रामपुकार जैसवाललाई भने सफाइ दिएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका क्षेत्रमा रहेका रुख मनोमानी ढंगले काटिएको अभियोगमा डिभिजन वन कार्यालय दाङले २०८० मंसिर १० गते ९ जनाविरुद्ध ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

फैसलाको पूर्ण पाठ तयार हुँदै गरेको र दोषी ठहर भएकाहरूले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गर्न पाउने अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्