नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रधान कार्यालयका परिचर बलबहादुर घाँटीमा पासो लागेको अवस्थामा मृत फेला

काठमाडौँ। प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचर बलबहादुर थापा मगर आज मृत अवस्थामा फेला परेका छन्। घटनालाई शङ्कास्पद मान्दै प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा श्रीमतीसँग बस्दै आएका उदयपुर घर भएका थापा आफ्नै कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटिएका थिए। बिहान श्रीमतीले देखेपछि उनलाई तत्काल उद्धार गरी बानेश्वरस्थित एभरेष्ट अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन्।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने मृत्युको कारण यकिन गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्