नेभिगेशन
नेपाल प्रहरी

जुवाखालबाट साढे ७ लाख नगदसहित ७ जना जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले ७ जना जुवाडेलाई ७ लाख ६७ हजार ४७० रुपैयाँ नगदसहित पक्राउ गरेको छ। ललितपुरको गोदावरी नगरपालिका–१४ ठैव क्षेत्रमा गएराति प्रहरीले गरेको कारबाहीका क्रममा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार खोटाङ घर भई हाल ठैवमा बस्दै आएकी २९ वर्षीया सङ्गीता कार्कीको डेरामा जुवा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको टोलीले छापा मारेको थियो। कारबाहीका क्रममा जुवा खालबाट १५ बुक तास र पाँच वटा मोटरसाइकल समेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्कीसहित युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्