नेभिगेशन
नेपाल प्रहरी

प्रहरी बनेर सर्वसाधारणलाई लुटपाट, पक्राउ परेपछि भेटियो ठुलो मात्रामा लागुऔषध

काठमाडौं। आफूलाई प्रहरी बताउँदै सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै आएको आरोपमा काठमाडौँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले ३३ वर्षीय विक्रान्त केसी उर्फ आकाशलाई नियन्त्रणमा लिएको हो।

काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ स्थायी घर भएका केसी हाल काठमाडौँ महानगरपालिका–९, सिनामंगलमा बस्दै आएका थिए। उनले प्रहरीको नाम प्रयोग गरी शम्भुमार्ग आसपास शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउपछि केसी बस्दै आएको डेरामा गरिएको खानतलासीमा प्रतिबन्धित लागुऔषध नाइट्राजेपामका २२० वटा ट्याब्लेट बरामद गरिएको छ। साथै एक थान सुनको सिक्री र एक जोर सुनको मुन्द्रा समेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार केसीलाई प्रहरी वृत्त गौशालाको नियन्त्रणमा राखी लागुऔषध तथा ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्