नेभिगेशन
नेपाल प्रहरी

३२ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ५९ वर्षीय अनिराम पक्राउ

सुर्खेत । सुर्खेतमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ का ५९ वर्षीय अनिराम तिमिल्सेनालाई महिलालाई जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो।

कालिकोटको शुभकालिका गाउँपालिका–२ स्थायी घर भएका तिमिल्सेनामाथि ती महिलामाथि करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।

उजुरीका आधारमा खटिएको प्रहरी टोलीले तिमिल्सेनालाई पक्राउ गरी जबरजस्ती करणीसम्बन्धी मुद्दामा कानुनी कारबाही अगाडि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्