नेभिगेशन
नेपाल प्रहरी

श्रीमतीको हत्या आरोपमा ३७ वर्षीय श्रीमान् प्रहरीको नियन्त्रणमा

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

भक्तपुर नगरपालिका–३ मा डेरा गरी बस्दै आएकी ३८ वर्षीया लालमाया तामाङको हत्या भएको हो। वंशगोपाल डेगोमनास्थित डेरामा बस्दै आएकी लालमायाको हत्या आरोपमा उनका श्रीमान् ३७ वर्षीय लनाम तामाङलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार दम्पतीबीच भएको वादविवादका क्रममा लनामले सिलौटा प्रहार गर्दा लालमायाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले लनामलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्