नेभिगेशन
नेपाल प्रहरी

बन्दुक बोकेर मोटरसाइकल चलाइरहेका ३२ वर्षीय युवक पक्राउ

काठमाडौं । प्रहरीले एक थान भरूवा बन्दुकसहित ३२ वर्षीय युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसेबाट सोही नगरपालिका–७ कुन्तावेशी बस्ने तथा पाँचखाल नगरपालिका–१ घर भएका सुजन तामाङ पक्राउ परेका हुन्।

प्रहरी चौकी हिगुवापाटीबाट खटिएको टोलीले बा.प्र.०३–००७ प ९२९७ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा काभ्रे प्रहरीले  थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्