नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका १० एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं ।  प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दमा बढुवा भएका १० जना प्रहरी अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बढुवा भएका प्रहरी एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी एसएसपीहरुमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कंडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढुवा भएका प्रहरी एसएसपीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। राष्ट्र, जनता तथा संगठनप्रति पुर्‍याएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाको मूल्याङ्कनका आधारमा पदोन्नति गरिएको उल्लेख गर्दै कार्कीले पदोन्नतिसँगै जिम्मेवारी र दायित्व समेत बढ्ने बताए।

आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गर्न सूचना सङ्कलनलाई प्राथमिकतामा राखी सुरक्षा जोखिमको पहिचान गर्दै थप सक्रिय र ऊर्जावान भएर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई कार्कीले  निर्देशन दिएका छन् ।

बढुवा भएका प्रहरी अधिकृतहरूको तर्फबाट एसएसपी शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठाका साथ उत्कृष्ट रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्