नेभिगेशन
नेपाल प्रहरी

सनासोले हानेर श्रीमानले गरे ६५ वर्षीय श्रीमतीको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटना शुक्रबार अपराह्नको भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।

अभियुक्तले रक्सी सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्