नेभिगेशन
सुरक्षा विशेष

पोखराबाट दुर्गा प्रसाईं पक्राउ, काठमाडौं पठाइँदै

पोखरा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै क्रममा उनलाई आज प्रहरीले नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार काठमाडौंबाट प्राप्त पक्राउ अनुमतिका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। “काठमाडौंबाट पक्राउ अनुमति आएपछि सोहीअनुसार पक्राउ  गरिएको हो,” उनले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका प्रसाईंलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ। पक्राउको कारणबारे भने प्रहरीले विस्तृत जानकारी दिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्