नेभिगेशन
नेपाल प्रहरी

नगद १२ लाख ८१ र खैरो हेरोइनसहित ३० वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । प्रहरीले लागुऔऔषध र नगद १२ लाख ८१ हजार रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ। काठमाडौंस्थित  कालिमाटी क्षेत्रको टंकेश्वरबाट प्रहरीले लागुऔषधको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१३ टंकेश्वरमा डेरा गरी बस्दै आएका ३० वर्षीय सुरोज नगरकोटीलाई नियन्त्रणमा लिएको हो।

उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थायी घर भएका हुन्।प्रहरीले नगरकोटी बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा ०.३७ ग्राम खैरो हेरोइन , ट्रामाडोलका ९ क्याप्सुल र १२ लाख ८१ हजार रुपैयाँ नगद फेला पारेको प्रहरीले जनाएको छ। साथै लागुऔषध राख्न प्रयोग हुने चारवटा स्टिलका बट्टा र एउटा आइफोन मोबाइल पनि बरामद गरिएको छ।

मोबाइलको प्रारम्भिक जाँच गर्दा लागुऔषध कारोबारसँग सम्बन्धित विषयमा विभिन्न व्यक्तिहरूसँग म्यासेजमार्फत संवाद भएको प्रमाण भेटिएको प्रहरीले जानकारी दिएको छ।

नगद र लागुऔषधसहित पक्राउ परेका नगरकोटीलाई हाल हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्