नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका १७ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन,७ दिनभित्र हाजिर नभए बर्खास्त

काठमाडौं । नेपाल प्रहरीका १७ जना  कर्मचारी लामो समयदेखि अनुमतिबिनै कार्यस्थलमा अनुपस्थित रहेको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज एक  सूचना जारी गर्दै कार्तिक र मंसिर महिनादेखि सम्पर्कविहीन रहेका ती कर्मचारीहरूलाई सात दिनभित्र उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार, ११ जना प्रहरी जवान तथा तीन जना कार्यालय सहयोगी रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरूको खोजतलास तथा सूचना टाँसजस्ता प्रक्रिया पूरा गरिसक्दा पनि सम्बन्धित कर्मचारीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्।

सूचनामा बाटोको म्याद बाहेक सात दिनभित्र आफू किन गैरहाजिर भएको हो भन्ने स्पष्ट कारण खुलाएर सन्तोषजनक जवाफसहित उपस्थित हुन आग्रह गरिएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने र सेवाबाट बर्खास्त गरिने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्