नेभिगेशन
नेपाल प्रहरी

एसईई तयारीरत नाबालकसहित युवक पक्राउ, साथबाट नक्कली राइफल र पेस्तोल बरामद

काठमाडौं । मोटरसाइकलमा हतियार देखाउँदै हिँडिरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बललितपुरको सातदोबाटो क्षेत्रमा  थ्रीनट थ्री राइफलजस्तो देखिने हतियार बोकेर  सडकमा हिँडेको देखिएपछि ट्राफिक प्रहरीले सूचना दिएअनुसार उनीहरूलाई पछ्याएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

पक्राउ परेकामध्ये एक जना काठमाडौँ महानगरपालिका–३२, सुविधानगरका २८ वर्षीय किरण घिमिरे हुन् भने अर्का एक जना एसईईको तयारी गरिरहेका नाबालक छन्। नाबालक मोटरसाइकलको पछिल्लो सिटमा बसेका थिए।

प्रहरीले उनीहरूको साथबाट एउटा थ्रीनट थ्री राइफलजस्तो देखिने हतियार , दुई वटा  पेस्तोल र तीन वटा खुकुरी बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती सबै हतियार नक्कली भएको खुलेको प्रहरीको भनाइ छ।

आइतबार बिहान करिब १ बजेतिर सुविधानगर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धान प्रहरी वृत्त सातदोबाटोले गरिरहेको एसएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

सिसिटिभी फुटेजको सहयोगमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्