नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय,फागुन १ देखि हुनेछ लागू

काठमाडौं । नेपाल प्रहरीका लागि उपलब्ध गराउँदै आएको रासन सुविधामा सरकारले वृद्धि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल तथा दैनिक रासन रकम बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन १ गतेदेखि लागू हुने गरी उक्त निर्णय भएको जानकारी दिएका छन्। निर्णय सार्वजनिक गर्दै उनले नेपाल प्रहरीको रासन बापत प्रदान गरिने स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको बताए।

तर, रासन रकम कतिले बढाइएको हो भन्नेबारे भने सरकारले हालसम्म स्पष्ट विवरण सार्वजनिक गरेको छैन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्