नेभिगेशन
नेपाल प्रहरी

२२६ ग्राम खैरो हेरोइनसहित दुई जना लागुऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले एकैपटक ठुलो परिमाणमा (लागुऔषध) खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले काठमाण्डौको तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट २२६ ग्राम खैरो हेरोइनसहित सुनसरीको इटहरी उपमहानगरपालिका - १ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापाको अर्जुनधारा नगरपालिका- ११ बस्ने २७ वर्षीय देउ कुमार माझीलाई पक्राउ गरेको हो।

माघ १५ गते पक्राउ परेका उनीहरुविरुद्ध उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्