नेभिगेशन
नेपाल प्रहरी

२६ वर्षीया महिलामाथि जबरजस्ती करणी, २४ वर्षीय युवक पक्राउ

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गल्छी गाउँपालिका-१ बस्ने २४ वर्षीय बिशाल खतिवडालाई महिलालाई जबरजस्ती करणीको पक्राउ गरिएको हो।

बिशालले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बिशालविरुद्द धादिङ अदालतबाट म्याद थप गरेर जबरजस्ती करणी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्