नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको साढे १८ लाख नगदसहित प्रबिन प्रहरीको नियन्त्रणमा

काठमाडौं। श्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ एरियाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौंको कोटेश्वर बस्ने उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई बिहीबार  प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्