नेभिगेशन
नेपाल प्रहरी

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । प्रहरीले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई फेरि  पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईंलाई आज दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले निर्वाचन आयोगको पत्रका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि उनी पोखराबाट पक्राउ परेका थिए।

पटक–पटक पक्राउ परिरहेका प्रसाईंमाथि पछिल्लो घटनामा पनि निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्