नेभिगेशन
नेपाल प्रहरी

अमेरिका र युरोपमा वैदेशिक रोजगारीको सपना देखाएर लाखौं रुपैयाँ ठगी: पक्राउ परे दुई ठग

काठमाडौँ । अमेरिका र युरोपमा वैदेशिक रोजगारीको सपना देखाए लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले रोजगारीमा विश्वका शक्तिशाली राष्ट्र पठाउने भन्दै पीडितबाट १७ लाख ५० हजार ठगी गरेको आरोपमा दुई जना ठगहरुलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ का ३५ वर्षीय रुपेश लामिछाने र धादिङको खनेबा गाउँपालिका–३ का ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।

अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गर्नेमध्ये रुपेशए ९ लाख र हिराले ८ लक्ख ५० हजार लिएर सम्पर्कविहीन भएपछि पीडितको उजुरीका आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए।

लाखौं रुपैयाँ ठगी गर्ने दुबै जनालाई आबश्यक कारबाहीका आज वैदेशिक रोजगार विभागमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्