नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित एक जना नेपाल प्रहरीको नियन्त्रणमा

हुम्ला ।प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

हुम्लाको सिमिकोट गाउँपालिका-४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामालाई एक य्हान बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्