नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिनल्यान्डका नागरिक सुनसहित पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित एक जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका अनुसार अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट ४ थन्न सुनका बिस्कुट सहित फिनल्याण्डका ६४ वर्षीय इम्तियाज अहमदलाई आइतबार बेलुकी पक्राउ गरिएको हो।

एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका उनलाई जाँच गर्दा उनको ब्यागबाट उक्त सुन फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्