नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित ४६ वर्षीय महिला प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले भरुवा बन्दुकसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेकोपनौती नगरपालिका-६ गणेशथान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुनितालाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरिएको हो।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्