नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले भरुवा बन्दुक र फलामका छर्रासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-४ धारापानी बस्ने ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझी रहेका छन् ।

उनीहरुलाई एक थान एकनाले भरूवा बन्दुक र फलामका छर्राहरु सहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्