नेभिगेशन
नेपाल प्रहरी

आफ्नै श्रीमतीको हत्या आरोपमा ४५ वर्षीय श्रीमान् पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले श्रीमनलाई पक्राउ गरेको छ।  

४६ वर्षीया  श्रीमती रिता राईको हत्या गरेको अभियोगमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ रानीपानी बस्ने ४५ वर्षीय जिते भन्ने बिर बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। 

आफ्नै घरमा बिर बहादुरले बन्चरो प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्