नेभिगेशन
सुरक्षा विशेष

उदयपुरमा सटगन पड्किँदा मतपेटिका क्षतिग्रस्त, मतदान केहीबेर प्रभावित

काठमाडौं । उदयपुरमा मतदान भइरहेका बेला प्रहरी जवानले बोकेको सटगन अचानक पड्किँदा मतपेटिकामा क्षति पुगेको छ। घटना कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोलामा रहेको ‘ख’ मतदान केन्द्रमा भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एक अधिकृतका अनुसार प्रहरी जवानको असावधानीका कारण सटगनबाट एक राउन्ड गोली छुटेको थियो। गोली लाग्दा मतदान केन्द्रमा राखिएको मतपेटिका क्षतिग्रस्त भएको बताइएको छ।

घटनाका बेला मतपेटिकामा चार वटा मत खसिसकेका थिए। यद्यपि मतपत्र भने सुरक्षित रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

घटनापछि केहीबेर मतदान प्रक्रिया अवरुद्ध भए पनि आवश्यक व्यवस्थापन गरेपछि सो केन्द्रमा मतदान कार्य पुनः सुचारु गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्