नेभिगेशन
नेपाल प्रहरी

दोलखामा मतदानस्थलमा तनाव, स्थिति नियन्त्रणमा लिन हवाई फायर

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको हो।

उनका अनुसार अहिले स्थिति पूर्ण रूपमा नियन्त्रणबाहिर भने छैन। मतदानस्थल आसपासमा सामान्य नाराबाजी भइरहेको छ र सुरक्षा निकायले अवस्था नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।

मालु मतदान केन्द्रमा के कारणले विवाद सुरु भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्