नेभिगेशन
नेपाल प्रहरी

अमेरिका र क्रोएशिया पठाउने भन्दै लाखौं ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्ने चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने सिन्धुली कमलामाई नगरपालिका–७ घर भएकी २९ वर्षीया सविना खड्का र काठमाडौं टोखा नगरपालिका–११ बस्ने काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भएका ४१ वर्षीय अम्बर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार कमला देवी सुनुवारले क्रोएशिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट चार लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। त्यसैगरी सविना खड्काले अमेरिका पठाइदिने प्रलोभनमा एक जना पीडितबाट एक लाख रुपैयाँ र अम्बर गुरुङले क्रोएशिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्