नेभिगेशन
नेपाल प्रहरी

७३ किलो लागुऔषध पोलेन र साढे २ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान करिब ९ बजे नागार्जुन नगरपालिका–६ स्थित शरणपुर चोक नजिक रहेको एक होटलमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले छापा मार्दा ७५.५ केजी (किलो) लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले होटलमा चेकजाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा ७३ केजी लागुऔषध पोलेन  र २.५ केजी गाँजा फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ घर भएका २७ वर्षीय देवराज घिसिङ र सोही स्थानका ४३ वर्षीय अष्टमराज घिसिङ रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएपछि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्