नेभिगेशन
नेपाल प्रहरी

बन्दुकसहित सन्त कुमार प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले एक थान भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुकसहित गए  पक्राउ गरिएको हो।

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्