नेभिगेशन
नेपाल प्रहरी

१ अर्ब बढीको क्रिप्टो करेन्सी कारोबार प्रकरणमा बाँकेका नरेश रेउलेसहित तीन जना पक्राउ

काठमाडौं । अवैध रूपमा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट १५ लाख ३० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको पश्चिम बंगालका प्रवेश अली, बाँकेको नेपालगन्ज उपमहानगरपालिका - २० का नरेश रेउले र सर्लाहीको ईश्वरपुर नगरपालिकाकी दिप्ती पोखरेललाई पक्राउ गरेको हो।

प्रहरीले सुरुआतमा चैत ६ गते सामाखुशी क्षेत्रबाट नरेश रेउलेलाई नियन्त्रणमा लिएको थियो। उनलाई सोधपुछ गर्ने क्रममा अन्य दुई जना संलग्न रहेको खुलेपछि दिप्ती पोखरेल र प्रवेश अलीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उनीहरूको मोबाइल फोनमा बाइनान्स आइडी फेला परेको थियो, जसमा आपसी रूपमा १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्