नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका जुनियर अधिकृतदेखि २४ जना सम्पर्कविहीन, ७ भित्र हाजिर नभए सेवाबाट बर्खास्त

काठमाडौ। नेपाल प्रहरीका दुई जना जुनियर प्रहरी अधिकृतसहित २४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रधान कार्यालय आज एक सूचना जारी गर्दै आफू खुसी गैरहाजिर भएर सम्पर्कविहीन हुने दुई प्रहरी सहायक निरीक्षक (असई), ६ जना हवल्दारसहित २४ जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको हो।

उनीहरु लामो समयदेखि सम्पर्कविहीन भएको हुँदा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित कार्यालयमा चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन प्रहरी प्रधान कार्यालय निर्देशन जारी गरेको हो। तोकिएको समयमा हाजिर नभएमा सेवामा हटाइने सूचनामा उल्लेख गरिएको छ।

साथै भविष्यमा कुनै पनि सरकारी सेवामा अयोग्य ठहर गरिने समेत प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यी हुन सम्पर्कविहीन हुने प्रहरी कर्मचारी-

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्