नेभिगेशन
नेपाल प्रहरी

ठमेलमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा २० जना विदेशी महिला पक्राउ

काठमाडौं । काठमाडौँको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरीको टोलीले ठमेलका विभिन्न स्थानमा गरेको निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्ने महिलाहरू युगान्डा का नागरिक हुन्। उनीहरूले स्वदेशी तथा विदेशी ग्राहकहरूसँग अवैध रूपमा रकममा सौदाबाजी गर्दै यौन व्यवसाय सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका महिलामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ बाट १२ दिनको म्याद थप अनुमति लिइएको छ।

हाल उनीहरूमाथि लैनचौर प्रहरी वृत्त बाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्