नेभिगेशन
नेपाल प्रहरी

बन्दुक र जरायोको सिंहसहित ५६ वर्षीय मङ्गले प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले एक थान बन्दुकसहित ५६ वर्षीय एक जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बन्दुकसहित पक्राउ पर्नेमा ५६ वर्षीय मङ्गले जेठो भनिने मणिलाल तामाङ रहेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ नयाखर्क बस्ने ५६ वर्षीय मङ्गलेलाई बन्दुकका साथै जरायोको सिङ सहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी गढीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक र जरायो सिङ फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली प्रहरीले पक्राउ परेका मङ्गलेसँग थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्