नेभिगेशन
नेपाल प्रहरी

पक्राउ परेका पूर्वगृहमन्त्री लेखकलाई नेपाल प्रहरीको २ नं. गणमा राखियो

काठमाडौँ । आज बिहान पक्राउ परेका नेपाली कांग्रेसका नेता त्त्था पूर्वगृहमन्त्री रमेश लेखक लाई नेपाल प्रहरीको २ नं.गण महाराजगन्जमा राखिएको छ।

उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरी महाराजगञ्जस्थित २ नं गणमा राखिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रहरीका अनुसार नेपाल प्रहरीले जेनजी आन्दोलनसम्बन्धी छानबिनका क्रममा उनलाई नियन्त्रणमा लिएको हो। उक्त आन्दोलनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा गठित आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको जनाइएको छ।

जेनजी आन्दोलनका क्रममा उनको निजी निवासमा आगजनी भई क्षति पुगेपछि नेता लेखक हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्