नेभिगेशन
नेपाल प्रहरी

केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका ७ प्रदर्शनकारी पक्राउ

काठमाडौँम। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जन बढी कार्यकर्तालाई पक्राउ गरेको छ।

काठमाडौंको बबरमहल, बानेश्वर र माइतीघर क्षेत्र केन्द्रित प्रदर्शन उग्र बन्दै गएपछि अवस्था तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले सडकमा टायर बाल्दै अवरोध सिर्जना गरेका थिए र ओलीको बिना सर्त रिहाइको माग गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रयोग गरेको थियो। झडपका क्रममा सात जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई का अनुसार बबरमहल क्षेत्रबाट ती व्यक्तिहरू पक्राउ परेका हुन्।

यसैबीच, झडपमा एक जना प्रदर्शनकारी घाइते भएका छन्। टाउकोमा चोट लागेका उनलाई उपचारपछि घर फर्काइएको प्रहरीले जानकारी दिएको छ।

ओलीको पक्राउको विरोधमा आज देशका अन्य स्थानहरूमा पनि एमाले कार्यकर्ताले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्