नेभिगेशन
नेपाल प्रहरी

जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा मालसामान लिलाम बिक्रीको सूचना प्रकाशित (यस्तो छ सूचना)

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधन तथा अन्य जिन्सी मालसामान लिलाम बिक्री गर्ने सम्बन्धी सूचना सार्वजनिक गरेको छ। कार्यालयले ती सामग्रीहरू जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिने जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को परिच्छेद ११ नियम १०८ बमोजिम लिलाम प्रक्रिया अघि बढाइने प्रहरी कार्यालयले जनाएको छ। लिलामका लागि न्यूनतम मूल्य रु. १ लाख ९० हजार २१५ रुपैयाँ तोकिएको छ।

इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले सूचना पहिलो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम मूल्यको ५ प्रतिशत अर्थात् रु. ९ हजार ५१० रुपैयाँ ७५ पैसा नगद धरौटी बुझाउनुपर्नेछ।

आवेदन जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज, बाँकेमा पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। प्रहरीले समयसीमा भित्र आवश्यक कागजातसहित आवेदन दिन सबै इच्छुक पक्षलाई अनुरोध गरेको छ।

सूचना -

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्